• पोखरा,  ४ असार

    देशमा भैरहेको महिला हिंसाको घटना न्यूनिकरणका लागि पोखराबाट मानवअधिकार कर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरुले महिला हिंसाका घटनालाई अधिकतम दण्डको ब्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

    ध्यानाकर्षणपत्रमा कुमारी आमा नेहारिका राजपुतको मागलाई तत्काल सम्बोधन गरिनुपर्ने, जबर्जस्ती करणीका मुद्दामा हद म्यादको मापदण्ड हटाइनुपर्ने, हिंसा प्रभावितहरुलाई न्यायको सुनिश्चिता गरिनुपर्ने, पीडकलाई कानुनको दायरामा ल्याउनुपर्ने, गण्डकी प्रदेशमा निर्माण भएको सुरक्षा गृहलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने र ग्रामिण स्तरसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको शान्तिका लागि नागरिक समाजको सन्जाल कास्कीका संयोजक विना सिलवालले बताइन् । मानवअधिकार कर्मीहरुले शुक्रबार पोखरा सहिदचोकमा १ घण्टा धर्ना दिएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…