• मोरङ । मोरङको पथरी शनिश्चरे–१ स्थित रत्नचोक र पथरी बहुमुखी क्याम्पसवीचको खाली रहेको आवादी जग्गा हरियाली सामुदायिक वनले पर्यटन क्षेत्रको बिकास गर्ने भन्दै कार्ययोजना बनाइ स्वमित्व हस्तन्त्ररण लिइसकेको खुलेको छ । 
    पथरी शनिश्चरे–२ मा रहेको हरियाली वनले जग्गाको स्वामित्व लिएपछि १ नं. वडा कार्यालय, शान्ति सामुदायिक वन, पञ्चायत मावि लगायतले आपत्ति जनाउदै दर्ता खारेजीको पहलमा लाग्ने भएका छन् । 
    पथरीशनिश्चरे १ स्थित पथरीबहुमुखी क्याम्पस पूर्ब, बुद्धचौक र क्याम्पस सडक उत्तर, रत्नचोक यलम्बर चोक पश्चिम दक्षिणमा करिव ५ हेक्टर खाली क्षेत्र (चौरी) रहेको थियो । उक्त क्षेत्र बस्तिको वीचमा भएकोले बेलाबेला नगरपालिकाकै पहलमा पार्क निर्माणको कुरा उठेपनि काम सुरु भएको थिएन । 
    उक्त क्षेत्र हरियाली सामुदायिक वन उपभोक्ता समूहले स्वामित्व हस्तान्तरण लिएको खुलेपछि पथरीमा खेलाबैला चलेको छ । हरियाली सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मगरले आफूहरुले हरित पार्क तथा बोटानिकल गार्डेन बनाउने उदेश्यले स्वामित्व लिएको बताए । हरियालीले पर्यपर्यटन क्षेत्र बिकास गर्न कम्पनी समेत खोलेर मुख्य सडक उत्तर वन क्षेत्रमा काम भइरहेको छ । 
    यता पथरीकै शान्ति सामुदायिक वन उपभोक्ता समूहका कार्यबाहक अध्यक्ष हेमभक्त तमुको पहलमा आज (शनिबार) छिमेकी वन समूहहरु, पञ्चायत मावि, जनप्रतिनिधि, राजननीतिक दलका नेताहरुको छलफल बोलाएको थियो । 
    छलफलमा १ नं. वडा अध्यक्ष भिमकुमार राई, निवर्तमान वडा अध्यक्ष बाबुराम लिम्बू, वर्तमान कार्यपालिका सदस्य वीरध्वज सिवा, मनकामना साबउसका अध्यक्ष दिनेश राई, पथरी खानेपानी उपभोक्ता समूहका अध्यक्ष जय बिष्ट, पार्टीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थिया । 
    छलफलमा सो क्षेत्रमा २०५७÷०५८ सालमा सुकुम्बासी बसेपछि पञ्चायत माविको पहलमा विद्यार्थी र स्थानीयबासी लागेर हटाएपछि अदालतमा मुद्धा परेको र अदालतले पञ्चायतले संरक्षण गर्नु भनेर दिएको आदेस प्रमाण रहेको सहभागिहरुले बताएका थिए । 
    उक्त जग्गाा पञ्चायत माविले संरक्षण गर्दै आएको सोही कागजातको आधारमा आधारमा हरियालीले लिएको स्वामित्व खारेजी गरी नगर कार्यपालिकाको मातहतमा ल्याउनु पर्ने विचार राखेका थिए । 
    हरियाली सामुदायिक वनले २०७९ बैशाख ४ गते सो जग्गा समूहले संरक्षण गर्दै आएको र २०७८ चैत्र १२ र २९ गतेको साधारण सभाले निर्णय गरेको भन्दै हस्तान्तरण गर्न २ नं. वडा कार्यालयमा शिफारिस माग गरेको छ । 


    सोही निबेदनको आधारमा २ नं. वडाकी कार्यबाहक अध्यक्ष सीता दर्जीले बैशाख ६ गते जग्गा हस्तान्तरण गर्न सिफारिस दिएको देखिन्छ । सोही बेहोराको शिफारिस तत्कालीन नगर प्रमुख लिलिपकुमार राईले समेत लिएको हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगरले बताए । 
    शान्ति सामुदायिक वनको समन्वयमा शनिबार बिहान भएको छलफलमा ढलापडा रुख संकलन र घाटगद्दीमा भएको काठ मक्किएकोले उपभोक्तालाई वितरण गर्न पाउँ भन्ने सिफारिसको माग पत्रमै रत्नचोक वा सो क्षेत्र नखुलाइ माग गरिएकोले जालसाज र किर्ते गरिएको, सो कार्यमा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्र कार्की लगायतको वन कर्मचारीको समेत मिलेमतो भएकोले के कसरी हुन्छ खारेजी प्रकृयामा लाग्ने सहमति भएको छ । 
    यति हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगरले भने खाली रहेको क्षेत्रमा स्वमतित्व लिएर हरियाली बनाउनु र समुदायको हितमा प्रयोग गर्न सम्पूर्ण प्रकृया पुरा गरिएकोले खारेजी हुन नसक्ने बताएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७९÷०८० क…

मोरङ । किरात राई समुदायले बोल्ने बान्तावा र चाम्लिङ भाषालाई पनि प्रदेश नं. १ को सरकारी काम काजको भाषा ब…

मोरङ । नेपालका आदिबासी जनजातिहरु अमेरिकी सेना नेपाल ल्याउने प्रस्ताब सहितको स्टेट पाट्नारसिप प्रोग्राम (एस…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाको नवौं साधारण सभाले अध्यक्…