• रातोकलम/पथरी

    ग्लोवल आइ एम इको शाखा रहित बैंकिङ् सेवा उद्घाटन भएको छ । मोरङको पथरीशनिश्चरे–४ कुशल चोकमा आज एक औपचारिक कार्यक्रमका बिच उक्त सेवाको उत्तघाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर उप–प्रमुख यमूना विष्ट बास्तोला रहनुभएको थियो । कार्यक्रममा उप प्रमुख बास्तोलाले ग्लोवल आइ एम इले ग्रामिण क्षेत्रलाई छनोट गरी सेवा सुरु गरेकामा धन्यवाद ज्ञापन गर्नु भएको थियो । सामान्य आय श्रोत भएका किसानले पनि थोरै थोरै रकम जम्मा गर्न सक्ने वातावरण मिलाउन उहाँले अनुरोध गर्नुभयो । शून्य लागतमा खाता खोल्ने वातावरण मिलाउन, चाडैँ नै शाखाको रुपमा विस्तार गर्न अनुरोध गर्दै सुरक्षा निकायलाई पनि सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा दिन आग्रह गर्नुभयो ।
    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले संस्था स्थापना हुनु भन्दा पनि त्यसको स्थायित्व हुन जरुरी रहेकाले आफुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । मन्तव्यकै क्रममा क्षेत्र नं. २ का पूर्व सभासद लालबहादुर सुख्लीङले पनि सुरक्षा निकायसंग समन्वय गरी प्रत्यभूति गराउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
    कार्यक्रमका सभापति ग्लोवल आइ एम इका रेमिट्यान्स प्रमुख रबिन्द्र ढकालले सुरक्षा प्रत्याभूति भएमा र यहाँका जनताले विस्वास गरेमा चाडैँ नै शाखाको रुपमा विस्तार गर्न सकिने बताउनुभयो । नाफा मुखी भन्दा पनि सेवामूखि रहेकाले समाजमा भएका स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा पनि लगानी रहेको ढकालले बताउनुभएको छ । ११ वर्ष अगाडी स्थापना भएको ग्लोवल आइ एम इका १३० वटा शाखा रहेका छन् अन्य ४ वटा देशमा पनि यसका शाखा रहेका छन् । पूजिँको हिसाबले प्राइभेट बैँकहरु मध्ये यो दोस्रो ठुलो बैँकका ८ लाख बढी ग्राहकहरु रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…