• काठमाण्डौ । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट ‘घिरौले’ पात्रबाट चिनिएका लेखान्त भुसाल यतिवेला विभिन्न महोत्सवहरुमा व्यस्त हुन थालेका छन् । विभिन्न नेता तथा कलाकारको दुरुस्त क्यारिकेचर गर्ने भुषाल दर्शकका अगाडी लोकप्रिय वन्दै गईरहेका छन् । भरखरै पश्चिम महोत्सवबाट फर्किएका घिरौले अर्को महोत्सवको तयारी गरिरहेका छन् ।

    लेखान्त पछिल्लो समयमा म्युजिक भिडियोमा समेत देखिँदै आएका छन्। पछिल्लो पटक नायिका प्रियंका कार्कीले अभिनय गरेको सिनेमा ‘बटरफ्लाई’मा डाक्टरको भूमिका निर्वाह गरेका थिए ।

    नाटक, सडक नाटक, कचहरी नाटक, लघुनाटक तथा रेडियो नाटकहरुमा आफूलाई केन्द्रित गर्दै लगेका उनले क्याम्पस पढ्ने क्रममै बीबीसी नेपाली सेवाबाट प्रसारण हुने कथा मिठो सारंगीकोमा अभिनय गर्ने मौका पाएका थिए। जसमा अभिनय गरेबापत उनले पहिलो कमाइवापत ६ हजार रुपियाँ पाएका थिए। उच्च रुचि र कलाकारीताप्रतिको लगावले उनलाई ठुलो पर्दाको सिनेमामा तान्न थाल्यो। पहिलोपटक वीर नामक नेपाली सिनेमा अभिनय गरेका उनलाई प्रहरीको छोटै भूमिकाले पनि सिनेकर्मीको नजिक बनायो।

    त्यसपछि उनले ‘बाचा’, ‘काली’, ‘मेन्टल’, ‘रङ वे’, ‘सरकार’ र पछिल्लोपटक बटरफ्लाई लगायतका सिनेमामा सहायक भूमिका निर्वाह गरे। पछिल्लो समय धुर्मुस सुन्तली फाउन्डेसनसंग जोडिएर उनले ‘ज्योती’, ‘हरियो बिल्ला’, ‘गज्जब छ बा’लगायतका छोटा सिनेमामा पनि काम गरेका छन्। ३ वर्षदेखि धुर्मुस सुन्तलीको छायामा बसी सामाजिक काममा लागिरहेका उनले पहरी बस्ती, गिराञ्चौरदेखि मुसहर वस्तीसम्मको व्यवस्थापनको पाटो सम्हाल्दै आएका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…