• बेलबारी : मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयका कर्मचारीले नत पोशाक नै लगाउँछन् नत समयमै कार्यालयमा आउँछन् । सरकारले निजामती कर्मचारीका लागी साढे सात हजार दिएर पोशाक भत्ता दिने गरेको छ । तर कर्मचारीले त्यसको सदुपयोग गर्नुको सट्टा दुरुपयोग गरिरहेका छन् ।

    आफूलाई अनुकूल पर्ने खालको पोशाक लगाएर मात्रै कर्मचारी कार्यालयमा आउने गरेका छन् । सरकारले दिएको रकमबाट सेतो सट निलो पेन्ट तथा कालो जुत्ता लगाउनु पर्ने हुन्छ । तर कर्मचारी भने त्यसको ठाडो उल्लंघन गरिरहेका छन् । सरकारी पोशाक नलगाउँदा बाहिर लेखापढीका सदस्य हुन् कि कार्यालयका कर्मचारी छुट्याउनै गाह्रो परेको सेवाग्राही बताउँछन् । कर्मचारी समयमै काममा नआउने गरेको सेवाग्राहीको अर्को गुनासो छ । १० बजे कर्मचारी आउनु पर्ने नियम छ । तर, कहिल्यै पनि १० बज्दा कर्मचारी आउँदैनन् ।

    ‘१०ः३० बजे मालपोत कार्यालय बेलबारीमा पुग्दा कार्यालका अधिकांश कर्मचारी त्यहाँ थिएनन्’, एक सेवाग्राहीले भने, ‘कार्यालय प्रमुसमेत आईपुगेका थिएनन् भने केहि कर्मचारी कार्यालय पोशाकमै थिएनन् ।’ कार्यालय प्रमुख योगेन्द्र प्रसाद दुलालसँग टेलिफोनमा सम्पर्क गर्दा आफ्नो घरमा पुराण लागेको कारण २ बजे पछि मात्रै कार्यालयमा आउने बताए । उनले २ बजे पछि मात्रै आफूलाई भेटन आग्रहसमेत गरे ।
    नजिकै रहेको नापी कार्यालयमा पुग्दा केहि कर्मचारीबाहेकका अन्य पोशाकमै थिए । कार्यालयमा प्रवेश गर्दा नै निमित्त कार्यालय प्रमुख नेत्रबहादुर कार्की भने हस्याङ फस्याङ गर्दै काम गरिरहेका थिए । केहि कर्मचारी भने कार्यलयमा आएकै थिएनन् ।

    सबै कर्मचारी किन समयमै नआएका भनेर निमित्त कार्यालय प्रमुख कार्कीलाई सोध्दा उनले भने केहि कर्मचारी फिल्डमा गएको जवाफ दिए । नापी मालपोतलगायतका कार्यालयहरु केन्द्रिय सरकारले हेर्छ । केन्द्रिय सरकारले हेर्ने कार्यालय तथा कर्मचारीलाई स्थानीय सरकारले चासो नदिँदा राज्य कोषको दुरुपयोग हुने गरेको छ ।

    बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले कर्मचारीले पोशाक नलगाउने गरेको स्विकार गरिन् । उनले पोशाक नलगाउने कर्मचारीलाई कारबाही गर्ने बताइन् । बिस्तारै यस्तो समस्या हट्ने उनले प्रतिबद्धता समेत जनाइन् । देश संघीयतामा गएको बेला स्थानीय, प्रादेशिक तथा केन्द्रिय सरकार कसले हेर्ने भन्ने टुंगो नलाग्दा पनि यो खालको समस्या हुने गरेको कर्मचारी बताउँछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…