• भक्तपुर, २२ असार

    मुनि विहार (श्री धर्म्मोत्तम महाविहार) इनाचो भक्तपुरमा थाइल्याण्डका १९औँ राजगुरूको संरक्षणमा सामूहिक प्रब्रज्या तथा उपसम्पदा भएको छ । प्रमुख धर्मगुरु संघनायक भिक्षु बोधिसेन महास्थिवर तथा उपप्रमुख भिक्षु विपस्सी महास्थिवरको समुपस्थितिमा  कार्यक्रम भएको हो । 

    कार्यक्रममा वयस्कद्वय गोविन्द अधिकारी तथा रामानन्द अहिरलाई उपसम्पदा दिक्षा अर्थात पूर्ण भिक्षु दिक्षा प्रदान गरियो ।  कार्यक्रममा अरू २० किशोरलाई पनि श्रामणेर प्रब्रज्या प्रदान गरियो । जसमध्ये निकट भविष्यमा १७ जना थइल्याण्डमा बुद्धधर्मको उच्च शिक्षा हासिल गर्न जानमा छानिएका हुन् । 

    हाल यस मुनि विहारमा ८० जना प्रब्रजितहरूलाई जीवनयापन(आवास, भोजन, वस्त्र, उपचार) निःशुल्क प्रदान गरिरहेको छ । यस विहारमा भक्तजनहरूले स्वेच्छाले प्रायः दिनहुँ दानपुण्य भइरहेकाे छ । भक्तजनको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पूजापाठ गरिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…