• मोरङ । मोरङको पथरी शनिश्चरे १ स्थित रत्न, यलम्बर चौक र क्याम्पसवीचको खालि जग्गा हरियाली सामुदायिक वनबाट फिर्ता नहुने संकेतसहितको पत्र डिभिजन वन कार्यालय मोरङबाट अर्को पत्र पठाएको छ । 
    पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वनको माग बामोजिम डिभिजन वन कार्यालय मोरङले रत्नचौक पश्चिम–दक्षिण, यलम्बरचौक दक्षिण, यलम्वरचौकबाट पथरी बहुमुखी क्याम्पस स्याम्पस जानेवाटो पूर्व, क्याम्पस छेउ पथरीखोला देखि बुद्धचौक जानेवाटो उतर चार किल्ला भित्रको करिव ५ हेक्टर जग्गा २०७९ बैशाख ७ गते हरियाली साबउसको परिमार्जित वन कार्ययोजना स्वीकृत भएको अर्थात जग्गा हस्तान्तरण गरेको थियो । 
    जग्गा हरियालीलाई स्वामित्व दिएको जानकारीपछि छिमेकी शान्ति, मनकामना लगायतको सामुदायिक वनको संयोजनमा सर्बपक्षीय बैठकले जग्गाको स्वामित्व फिर्ताको पहल गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार पथरीशनिश्चरे १ नम्बर वडा अध्यक्ष भिम राईको पहलमा हालसम्म जग्गा संरक्षण भएको प्रमाणहरु, पथरीशनिश्चरे नगर सभाले गरेको निर्णयसहित २०७९ असार १५ गते डिभिजन वन कार्यालय मोरङ पुगेका थिए । 
    सो जग्गामा सुकुम्बासी बसेपछि पञ्चायत माविको तत्कालीन प्रधानाध्यापक चण्डीप्रसाद राई लगायतका शिक्षकहरुले विद्यार्थी लगेर टहरा भत्काएर हटाएका थिए । विद्यालयले तत्कालीन जिल्ला वन कार्यालयको अनुमति पत्र आएपछि वृक्ष रोपन गरेको, बसन्त भट्टराई सुकुम्बासी आयोगको अध्यक्षहुँदा पुन सो जग्गामा बिभिन्न ब्यक्तिले कित्ता काट गरेर लिन प्रयास गर्दा पुनरावेदन अदालतमा पञ्चायतले नै मुद्धा लगाएका थिए । पुनरावेदन अदालत विराटनगरले पञ्चायत माविलाई संरक्षण गर्नु भनि दिएको आदेश लगायतको प्रमाण लिएर वर्तमान १ नं. वडा अध्यक्ष भिम राई लगायतको टोली डिभिजन वन कार्यालय मोरङ पुगेर हरियालीबाट सो जग्गाको स्वमित्व फिर्ता गर्न पत्र लेखेका थिए । 
    वडा अध्यक्षको टोली विराटनगर पुगेको भोलि पल्ट असार १६ गते नै डिभिजन वन कार्यालय विराटनरले उक्त जग्गा हरियालीबाट फिर्ता नहुने आसायको पत्र हरियाली सामुदायिक वन उपभोक्ता समितिलाई लेखेको छ । 


    पत्रमा समुहको माग बमोजिम संधिय वन ऐन २०७६, प्रदेश नं १ प्रदेश वन ऐन २०७७ तथा वन नियमावल–२०५१ अनुरूप स्वीकृत जग्गा हस्तान्तरण गरिएको, वडा अध्यक्षको नेतृत्वमा आएको टोलीले वन संरक्षण वारे जिज्ञासा आएको हुँदा स्थानीय तहको समन्वय र सहकार्य गर्नुहुन अनुरोध छ भनेर पत्र पठाएको छ । पत्रको आसाय अनुसार उक्त स्थानमा हरियाली सामुदायिक वन समूहले पर्यपर्यटन क्षेत्रको बिकास गर्दा सम्बन्धित वडा र नगरपालिकासँग समन्वय गर्नुपर्ने देखिन्छ । 
    हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगरले डिभिजन वन कार्यालय मोरङको पत्र अनुसार त्यस क्षेत्रको संरक्षण, सम्बर्धन र बिकास गर्दा समन्वय गर्ने बताए । 
    २०७९ असार १० गते भएको पथरीशनिश्चरेको ११औ नगर सभाले नगर क्षेत्र भित्र रहेको खाली जमिनहरु संरक्षण गर्ने र रत्नचोक क्षेत्रको सो जग्गा नगर मातहत ल्याउने निर्णय भएको १० नं. वडा अध्यक्ष जीवन खतिवडाले बताए । 
    डिभिजन वन कार्यालय मोरङले हरियाली सामुदायिक वन उपभोक्ता समितिलाई पठाएको पत्रको बोधार्थ सब डिभजिन वन कार्यालय पथरी र पथरी शनिश्चरे नगरपालिकालाई पनि पठाएको छ । 
    पत्र बारे बुझ्दा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्र कार्कीले भने सो क्षेत्रलाई हरियाली, शान्ति, मनकामना लगायतका सामुदाकि वनहरु, नगरपालिका सबैको साझा योजनामा बोटानिकल गार्डेन बनाउन र वीनवीनको परिस्थितिमा काम गर्नुपर्ने बताए । पत्रको आसायको बारे कुरा गर्दा डिभिजन वन कार्यालयले पत्र आसाय परिवर्तन गरेर पुन पठाउन सक्ने कार्कीको भनाइ थियो । 

सम्वन्धित समाचार

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…