• डडेल्धुरा, २४ असार

    डडेल्धुराको आलिताल गाउँपालिका- ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ। 

    सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएको आरोपमा उनलाई नयन्त्रणमा लिइएको हो। शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिभिजनल अधिकृत ठाकुरको भनाइ छ।

    ‘अनुसन्धान गरिरहेका छौं, मडैले २२ लाख रुपैयाँ खाएको स्विकार गरिसके। हाम्रो टोली खटिएको छ,’ उनले भने।

    बिहीबार राति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेका थिए।

    उनले कृते कागज गरी समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएका थिए। 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…