• काठमाडौं,  २७ असार 

    लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । 

    सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए । 

    महिला तर्फको एलिट विधामा लक्ष्मीले १४०० अंक सहित प्रथम स्थान हासिल गरिन् । १३५० अंक पाएकी उषा खनाल दोस्रो हुँदा इन्द्रकुमारी तामाङले तेस्रो स्थान हासिल गरिन् ।  

    दुवै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगल पुरस्कार प्राप्त गरे । 

    गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटारस्थित ढुकु फुटसल हबमा भएको थियो । 

    २५० भन्दा बढी स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समूहमा आयोजना भएको थियो । 

    प्रतियोगिताको हरेक सात संस्करणलाई सात वटा फरक फरक व्यवसायीक साइक्लिङ संस्थाले आयोजना गरेका थिए । जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटीबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेस तथा ढुकु स्पोर्ट्स हब रहेका थिए । 

    यस्तै, जुनियर पुरुष तर्फ राहुल वाइबा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गरेका सुसिम चित्राकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरे । 

    प्रतियोगिताको यूथ (१२) तर्फ पूर्णराज तामाङ विजयी भए । मास्टर पुरुष तर्फ टेलर हिवर्व, मास्टर महिला तर्फ गोगी ग्रेवल, भेट्रान (५० माथि) ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुष तर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिला तर्फ निभा श्रेष्ठ र सिनियर पुरुष तर्फ स्टेफन जेम्स किलिङ विजयी भए । 

    सात चरणसम्म चलेको प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्व अध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गरे । 

    सिरिजका आयोजक एवं राष्ट्रिय साइक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा अझै भव्य र परिष्कृत ढंगले अगाडी बढ्ने बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…