• काठमाडौं । मदन घिमिरेको निर्देशन रहने नयाँ चलचित्र ‘द प्रिन्स’को घोषणा गरिएको छ । राजधानीेको रक हाउसमा पत्रकार सम्मेलन गरी चलचित्रको घोषणा गरिएको हो । बिष्णु शिवाकोटीले निर्माण गर्न लागेको यो चलचित्र एन.पी. फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

    यसै चलचित्रबाट प्रिन्स थापाले डेभ्यू गर्दैछन् भने उनका अलावा सरोज खनाल, शिबु शाह, कशिस दाहाल, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय रहने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहनेछ ।

    चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहने छ । कार्यक्रममा निर्देशक घिमिरेले ‘द प्रिन्स’ आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जन पुर्ण चलचित्र बताए । चैत्र ५ बाट चलचित्रको छायाँकन सुरु हुनेछ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…