• मोरङ । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लागू औषध प्रयोग कर्ता र कारोबारी झनै बढेको प्रहरीले जनाएको छ । 
    असार १२ गते पथरीशनिश्चरे २ का २३ बर्षिय बिबेक दर्जी र १७ बर्षका सन्देश राई सेवनको लागि लिएको ब्राउन सुगरसहित पक्राउ परे । 
    उनीहरुको बयानको आधारमा ४० बर्षिय बिपिन थापा १ ग्राम ६५० मिलि ग्राम ब्राउन सुगरसहित २ नं. वडामा रहेको घरैबाट पक्राउ परे । साउन २७ गते पथरीशनिश्चरे १ रत्न चोक बस्ने दिपेश सार्की र दिपेश दर्जीलाई इलाका प्रहरी कार्यालय पथरीका नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी बेदप्रसाद गौतमले बताए । 
    दिपेश सार्कीको साथबाट बिक्री गर्न राखिएको ३५ पोका ब्राउन सुगर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेको मध्ये बिपिन थापा र दिपेश कार्की लागू औषध कारोबार गर्दै आएको खुलेको डीएसपी गौतमले बताए । 
    उनीहरुको साथबाट दुई थान मोबाइल सेट, लागू औषध तौलने डिजिटल तराजु र केही नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सम्पूर्णलाई लागू औषध प्रयोग र कारोबारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 
    पथरीशनिश्चरेमा भारत लगायतबाट ल्याएर डिलरलाई दिने, डिलरबाट, साना बिक्रेता र साना बिक्रेताबाट प्रयोग कर्ता गरी तीन तहको कारोबारी रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले बताए । पछिल्लो समयमा लागू औषध कारोबारी र प्रयोगकर्ता बढेकोले नियन्त्रणमा सबैपक्ष मिलेर लाग्नु पर्ने प्रहरी प्रमुख गौतमको भनाइ छ । पथरीमा टोलटोलमा प्रयोगकर्ता बढेकोल आफ्नो र छिमेकीका छोराछोरी के कसो गर्दै, जाँदैछन विचार गर्नुपर्ने प्रहरीको भनाइ छ । 

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …