• मृतक कृष्ण शर्मा दुई छाराहरुको साथमा

    मोरङ । मोरङको पथरीशनिश्चरे–६ का ३५ बर्षिय कृष्ण शर्माको मृत्यु घट्ना भएको २२ दिन बितिसक्दा पनि इलाका प्रहरी कार्यालय पथरीले प्रभावकारी अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् । 
    गत असार १४ गते घरबाट गाउँ निस्केको कृष्ण शर्मा १६ गते मृत अवस्थामा फेला परेको थियो । घट्ना विवरण अनुसार कृष्ण र सुनबर्षी १ का १९ बर्षिय दिपेश राई चालक र सह चालकको रुपमा एउटै ट्रिपरमा काम गर्थे । 
    असार १४ गते साँझ दुबैजना मनकला चौधरीको घरमा गएर मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि उनीहरु बाबा राईको घरमा पुगेका थिए । त्यहाँ सुमित्रा राईसमेत मादक पदार्थ सेवन गर्दा रात परेको मृतक कृष्णको दाजु छबिलाल शर्मा बताउछन् । सुमित्राले रातपरो मलाइ घर पु¥याइदिनु घरमा पनि खाजा (मादक पदार्थ) खुवाउछु भनेपछि कृष्ण र दिपेसले सुमित्रा राईलाई उनको घरमा पु¥याएपछि त्यहाँ रात निकै गएपछि दुबैजनालाई त्यही सुत्न सुमित्रा र सुमित्राको परिवारले भनेको दाजु छबिको भनाइ छ । 
    सुमित्राले यतै सुत्न भनेपछि कृष्ण शर्माले घरमा त पत्नि छ उसँग सुत्छु यहाँ को सँग सुत्नु भनेपछि कुटपिट हुँदा मृत्यु भएको हुनसक्ने दाजु छबिको भनाइ छ । भोलि पल्ट असार १५ गते सुमित्राले फोन गरेर कृष्णको मोबाइल लिन बोलाएको लिन जाँदा, मृतक शर्माले लगाएको दुबै चप्पल र सट पनि सुमित्राको घरमा फेला परेको छबिको भनाइ छ । 
    कृष्ण कहाँ छ भन्दा भरैआउछ भनेपछि मोबाइल लगायतको सामान लिएर गएको शर्मा परिवारको भनाइ छ । १५ गते बेलुकासम्म घर नआएपछि खोजि हुन थालेको थियो । त्यो दिन पनि नभेटिएको कृष्णको शव १६ गते स्थानीय पोखरीमा कमर मुनी डुबेको अवस्थामा फेला परेको दाजु छबि शर्माको भनाइ छ । 
    कृष्णको जीउ र टाउको चोटसहितको शव फेला परेपछि तत्काल सुमित्रा र दिपेश विरुद्ध कर्तब्य ज्यान मुद्धा किटान गरेर दिदा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले दर्ता गर्न नमानेको, जिल्ला प्रहरी कार्यालयबाट निर्देशन आएपछि मात्र मुद्धा दर्ता भएको छबिले बताए । 
    मुद्धा दर्ता गरेपनि पक्राउ परेका सुमित्रा र दिपेश राईलाई प्रहरीले राम्ररी अनुसन्धान नगरेको, छिमेकीहरु आउँदा वा गाउँमा झर्दा डीएसपी गौतमले जड्याहा डुबेर आफै मरेको भन्ने गरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । 
    घट्ना भएको २२ दिन बितिसक्दा पनि अनुसन्धानबाट प्राप्त भएको बिषयहरु प्रस्न गर्दा प्रहरीले जानकारी नदिने गरेको पीडित पक्षको गुनासो छ । मृतक कृष्णको सिर्जना शर्मा पत्नि र दुई छोरा रहेका छन् । 
    प्रहरीले घट्नाको रामरी अनुसन्धान नगरको भन्दै पीडित परिवारले बुधबार बिहान पत्रकार भेटघाट गरी घट्नाको निष्पक्ष छानबिनको माग गरेका छन् । पत्रकार भेटघाटमा मृतककी पत्नि सिर्जना, आमा रामप्यारी शर्मा,दाजु बिनोद, छबि लगायतको उपस्थित थिए । 
    इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले भने अनुसन्धान भइरहेको र अनुसन्धानको सबै बिषय पीडितलाई भन्न नमिल्ने बताएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…