• विरानटगर, १९ फागुन : द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनोट भएकी छन् ।

    देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्तोला अन्तिम २५ मा पर्न सफल भएकी हुन् । विराटनगरमा सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्न सचेतनामूलक कार्यक्रमको नेतृत्वसमेत गर्दै आएकी छन् ।



    समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने बाँस्तोला हामी युवा नामक संस्थापक कोषाध्यक्ष हुन् भने उनले लामो समयसम्म युथ फर ब्लड नामक संस्थामा रहेर स्वयंसेवीका रूपमा जिम्मेवारी बहन गरेकी छन् ।

    सञ्चारमाध्यमको समेत अनुभव बटुलेकी २१ वर्षीया बाँस्तोलाले पत्रकारिता विषयबाट स्नातक गरेकी छन् । मध्यम वर्गीय बाँस्तोलाले विराटनगरका युवामाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छन् । २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधि जित्न सफल भएकी थिइन् ।

    निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा हिंडिसकेकी छन् । १०१७ मा लियो क्लव अफ विराटनगर इनोभेटिभको अध्यक्ष बनेकी बाँस्तोला मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकी छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘विराटनगर मात्र नभई नेपाललाई विश्वसामू चिनाउने काममा लाग्नेछु ।’ समाजलाई सकारात्मक दिशातर्फ बढाउन युवापुस्ताले धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसतर्फ आफ्नो ध्यान रहेको उनले बताइन् ।


सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…