• मोरङ । माओवादी केन्द्रका कार्यकर्ताहरुले पार्टी जनताको काम र संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताएका छन् । 
    मंगलबार मोरङको पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा भएको निर्वाचन क्षेत्र नं. ३ (क)को प्रशिक्षणमा स्थानीय कार्यकर्ताहरुले पार्टी संगठन सुदृढीकरणसँगै जनताको काममा लाग्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । 
    पार्टीको प्रदेश समितिको आयोजना भएको कार्यक्रम निर्वाचन क्षेत्र नं. ३ (क)को निर्वाचन संयोजक रञ्जु कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको अगुवा कार्यकर्ताहरुले जनताको मन जित्ने कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए । 
    प्रशिक्षणमा पार्टी केन्द्रीय समिति सदस्य गीता तिम्सिना, प्रदेश सदस्य लालबहादुर सुश्लिङ मगर लगायतको उपस्थिति रहेको कार्यक्रममा प्रदेश समिति उपाध्यक्ष पृथ्वी राईले प्रदेश पार्टीको योजना तथा कार्यक्रमबारे बताएका थिए । 


    उक्त कार्यक्रममा दुई पालिकाका कार्यकर्ताहरुले खराब आचरण भएका नेता, कार्यकर्ताहरुलाई कारबाहीको साथै जनतालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए । 
    कार्यक्रममा पथरीशनिश्चरेका कृष्ण बस्नेत, अमर बराइली, मदन पोख्रेल, मान दियाली, अशोक नाल्बो, कानेपोखरीका दिपेश राई लगायतले शुझाव राखेका थिए । 
    पार्टीको निर्वाचन क्षेत्र नं. ३ (क)को संयोजक बिजय चेम्जोङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे नगर समितिको अध्यक्ष गोबिन्द कटुवाल र कानेपोखरीको उपाध्यक्ष हरी मैनालीले रिपोर्टिङ गरेका थिए । 
    करिव ६० जना कार्यकर्ता उपस्थित रहेको कार्यक्रममा संगठन बलियो बनाउदै पार्टी नेता कार्यकर्ताहरु जन सरोकारको बिकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा लाग्नुपर्ने बताएका थिए । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…