• मोरङ । माओवादी केन्द्रका कार्यकर्ताहरुले पार्टी जनताको काम र संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताएका छन् । 
    मंगलबार मोरङको पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा भएको निर्वाचन क्षेत्र नं. ३ (क)को प्रशिक्षणमा स्थानीय कार्यकर्ताहरुले पार्टी संगठन सुदृढीकरणसँगै जनताको काममा लाग्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । 
    पार्टीको प्रदेश समितिको आयोजना भएको कार्यक्रम निर्वाचन क्षेत्र नं. ३ (क)को निर्वाचन संयोजक रञ्जु कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको अगुवा कार्यकर्ताहरुले जनताको मन जित्ने कार्यक्रमहरु ल्याउनुपर्ने बताएका थिए । 
    प्रशिक्षणमा पार्टी केन्द्रीय समिति सदस्य गीता तिम्सिना, प्रदेश सदस्य लालबहादुर सुश्लिङ मगर लगायतको उपस्थिति रहेको कार्यक्रममा प्रदेश समिति उपाध्यक्ष पृथ्वी राईले प्रदेश पार्टीको योजना तथा कार्यक्रमबारे बताएका थिए । 


    उक्त कार्यक्रममा दुई पालिकाका कार्यकर्ताहरुले खराब आचरण भएका नेता, कार्यकर्ताहरुलाई कारबाहीको साथै जनतालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए । 
    कार्यक्रममा पथरीशनिश्चरेका कृष्ण बस्नेत, अमर बराइली, मदन पोख्रेल, मान दियाली, अशोक नाल्बो, कानेपोखरीका दिपेश राई लगायतले शुझाव राखेका थिए । 
    पार्टीको निर्वाचन क्षेत्र नं. ३ (क)को संयोजक बिजय चेम्जोङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे नगर समितिको अध्यक्ष गोबिन्द कटुवाल र कानेपोखरीको उपाध्यक्ष हरी मैनालीले रिपोर्टिङ गरेका थिए । 
    करिव ६० जना कार्यकर्ता उपस्थित रहेको कार्यक्रममा संगठन बलियो बनाउदै पार्टी नेता कार्यकर्ताहरु जन सरोकारको बिकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा लाग्नुपर्ने बताएका थिए । 

सम्वन्धित समाचार

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी नाम परिवर्तन लगायतको बारेमा देशकै समस्य…

मोरङ । किरात रार्य पत्रकार संघको १६ औं स्थापना दिवस आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिका—१, साकेल…

मोरङ । किरात राई खेलकुद संघको मोरङ जिल्ला अध्यक्षमा रबिन्द्र राई सर्बसहमत चयन भएका छन् ।  आइतबार&nbs…

मोरङ । जेष्ठ नागरिकलाई सम्मान, जेहेन्दार र फरक क्षमता भएका बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा छात्रा वृति प्रदा…