• अछाम, २० साउन

    अछामका १० वटा पालिकाले वार्षिक रुपमा सवा १ करोड बढीका सेनेटरी प्याड खरिद गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ लाख ९ हजार ५ सय थान प्याड १ करोड ३३ लाख ९० हजारमा आर्थिक वर्षको अन्त्यमा खरिद गरी मौज्दात राख्ने गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    उनीहरुले कम्तिमा साढे ५ लाखदेखि बढीमा साढे २० लाखसम्म एक वर्षमा सेनेटरी प्याड खरिद गरेका छन् ।  सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि सरकारले स्थानीय सरकार मार्फत् निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । 

    अघिल्लो आर्थिक वर्षमा सवैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका र बढी मंगलसैन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको छ । मंगलसैन नगरपालिकाले ५३ हजार ५ सय ६७ थान सेनेटरी प्याड खरिदमा २० लाख ४७ हजार खर्च गरेको छ ।

    जिल्लामा सवैभन्दा कम सेनेटरी प्याड वान्नीगढी जयगढ गाउँपालिले खरिद गरेको छ । उसले १९ हजार २६ थान सेनेटरी प्याड खरिदमा ५ लाख ४८ हजार ४ सय खर्च गरेको छ ।

    पन्चदेवल विनायक नगरपालिकाले २२ हजार थान सेनेटरी प्याड खरिदमा २० लाख १ हजार २ सय,  रामारोशन गाउँपालिकाले १९ हजार ९ सय ५८ थान सेनेटरी प्याड खरिदमा १८ लाख ७१ हजार ८ सय खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    कमलवजार नगरपालिकाले २५ हजार १ सय ४६ थान सेनेटरी प्याड खरिदमा १६ लाख ४८ हजार, चौरपाटी गाउँपालिकाले १५ हजार सेनेटरी प्याड खरिदमा १४ लाख ९८ हजार, तुर्माखाँद गाउँपालिकाले १८ हजार ५ सय सेनेटरी प्याड खरिदमा १२ लाख ९६ हजार खर्च गरेका छन् ।

    ढकारी गाउँपालिकाले २० हजार ९ सय ९५ थान सेनेटरी प्याड खरिदमा ११ लाख ८० हजार, साँफेबगर नगरपालिकाले ८ हजार थान सेनेटरी प्याड खरिदमा ७ लाख ९९ हजार र मेल्लेख गाउँपालिकाले ७ हजार ३ सय ३४ थान सेनेटरी प्याड खरिदमा ४ लाख  ९९ हजार खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा कोभिड प्रकोपको कारण विद्यालय पूर्ण रुपमा संचालन हुन नसकेको र अर्कोतर्फ प्रत्येक वर्ष प्याड खरिद गरी मौज्दात राख्नाले नेपाल सरकारको उद्देश्य पूरा नभएको लेखिएको छ ।

    सार्वजनिक खरिद नियमावली ६४ को नियम ८५ मा कुनै पनि योजनाको लागि छुट्याएको रकम टुक्रयाएर खरिद नगर्न भनिएको छ, कतिपय स्थानीय तहले सोको समेत उल्लघन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

     सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निः शुल्क सेनेटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यविधिमा उल्लिखित प्रक्रिया अनुसार वार्षिक १० महिना अवधिका लागि निः शुल्क सेनेटरी प्याडको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । 

सम्वन्धित समाचार

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …

 आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उ…

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…