• २० फागुन, रातोकलम, पथरी

    ओरेक नेपाल मोरङले हिजो पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरुसंग दीगो विकास लक्ष्यका सम्वन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
    ओरेकले सन् २०१८ का यस नगरमा लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ वजेटका बिनियोजन गरेको छ । उक्त बजेट लैगिक समानता र वैदेशिक रोजगारी सम्वन्धीको अभिमुखीकरण कार्यक्रम सञ्चालनमा खर्च गरिने पनि जानकारी गराउँदै संयुक्त राष्ट्संघको दीगो विकास लक्ष्यका बारेमा बताइएको हो ।
    कार्यक्रममा, ओरेककी जिल्ला संयोजक मौसम राई र अनुगमन अधिकृत शोभा वजगाईंले दीगो विकास लक्ष्यका १७ वटा लक्षित वुँदाका बारेमा जानकारी गराउनुभएको थियो । अब नगरले पनि यस्ता कार्यक्रममा सहयोग गरी नगरपालिका क्षेत्रमा पनि त्यसखाले लक्ष्यका कार्यक्रम तय गर्नुपर्ने वताउनु भयो ।

    सो अवसरमा, नगरप्रमुख दीलिपकुमार राईले प्राकृतिक स्रोत र साधनका हिसावले सम्पन्न पथरीशनिश्चरे नगरमा दीगो विकासको लक्ष्यलाई समेट्ने भौतिक र चेतनाको विकासका योजना वनाइ कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…