• सुर्खेत, २४ साउन

    कर्णाली प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फिर्तापछि मात्र नयाँ मन्त्री पाउने भएको छ । मन्त्री  छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मलन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको छ । 

    सोमबार माओवादी संसदीय दलको बैठकमा प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ मन्त्री पठाउने विषयमा निर्णय हुने सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो ।

    संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा सोमबार नै बिदा भएका छन् । संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेको इन्चार्ज मल्लले बताए । उनका अनुसार डोल्पाबाट निर्वाचित वीरबहादुर शाहीलाई मन्त्री बनाउने विषयमा मोटामोटी अघिल्लोपटक नै सहमति भए पनि अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि मात्र ठोस निर्णय हुने छ । माओवादीले सबै जिल्लाबाट मन्त्री बनाए पनि डोल्पाबाट अहिलेसम्म मन्त्री बनाएको छैन । शाही विवादरहित नेतामा पर्दछन् । 

    कर्णाली सरकारमा अहिले तीनदलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ। यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ । 

    ११ जना सांसद रहेको माओवादीमा दलका नेता  महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित सातजना मन्त्री भइसकेका छन् । पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…