• भक्तपुर,  २५  साउन

    भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ ।

    क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो । मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो । 

    भक्तजनहरूको चाप बढी हुने समयमा सञ्चालन गर्ने योजना गरिएको शिविर परीक्षणस्वरुप २४ साउन बिहान ८ देखि १० बजेसम्म दुई घन्टा सञ्चालन गरिएको क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक सन्ताेष पौडेलले जानकारी गराए ।

    पहिलोपटक मंगलबार सञ्चालित  शिविरको सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा सूर्यविनायक युथ क्लबका अध्यक्ष मजोज गिरीले रक्तचाप तथा रगत परीक्षण गराई शुभारम्भ गरिएको थियो । शिबिरमा विभिन्न उमेर समूहका ४० स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…