• काठमाडौं,  २५  साउन 

    काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो । 

    काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार नर्भिक हस्पिटल परिसरको अवलोकनपछि २४ घण्टाभित्र सरकारी जग्गामा नियमविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए । 

    तर, मंगलबार दिउँसो नर्भिक हस्पिटलले सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएर संरचना बनाएको बताएपछि अपरान्ह मेयर साह पुनः नर्भिक हस्पिटल पुगे । सो क्रममा मेयर बालेनसहित महानगर प्रतिनिधि र हस्पिटलका प्रतिनिधिबीच दुवै पक्षका प्राविधिकले दिएको सुझावका आधारमा संरचना हटाउने सहमति भएको हो । 

    अक्सिजन प्लान्ट र एमआरआई कक्ष रहेकाले यी संरचना हटाउन प्राविधिकले दिने समयभित्र हटाउन नर्भिक राजी भएको हो । 

    नर्भिकका प्रतिनिधिसँग मेयर बालेनले मन्त्रिपरिषद्बाट जग्गा र संरचना बनाउन अनुमति दिनेगरी निर्णय गराएर नक्सा पास गरेको महामनगरलाई आपत्ति नरहेको बारम्बार बताए । आफूले नियमसंगत खोजेको र कानुन कार्यान्वयन तथा कानुनले कसैले विभेद गर्न नहुने पक्षमा रहेको मेयस बालेनको भनाइ थियो । 

    नर्भिक हस्पिटलले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी टहरा बनाएकोले भत्काउनुपर्ने महानगरको अडान छ ।

    नर्भिक पुगेका मेयर बालेनले सरकारी जग्गामा नक्सा पास नगरिकन संरचना बनाउन नपाइने भन्दै हस्पिटलका प्रतिनिधिलाई बारम्बार सम्झाएका थिए । त्यसपछि नक्सा पास गर्न आफूहरु तयार रहेको हस्पिटलका प्रतिनिधिले पनि बताए । यसका लागि समय दिन माग गरेपछि दुवै पक्षका प्राविधिकले भनेअनुसार समय उपलब्ध गराउन मेयर बालेन सहमत भए । 

सम्वन्धित समाचार

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …

 आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उ…

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…