• मोरङ । मोरङको पथरीशनिश्चरे नगरबाट लागू औषध गाँजासहित बिहिबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे ८ का ५२ बर्षिय आइबहादुर राई, पथरीशनिश्चरे ३ का ३८ बर्षिय कोपिला मगर र २ नं. वडा बस्ने १९ बर्षिय सुनिल परियार रहेको इलाका प्रहरी कार्यालय पथरी जनाएको छ । 
    पक्राउ परेका आइबहादुर राई फरार लिष्टमा थिए । राईको घरबाट २०५३ माघ २१ गते १७ किलो गाँजा पक्राउ परेको थियो । राईलाई बिहिबार घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 
    बिहिबारै वडा नं. २ को सुनिल परियारलाई ५० ग्रम गाँजासहित पक्राउ परेको छ । उनको अनुसन्धानको क्रममा ३ नं. वडाकी कोपिला मगरलाई घरैबाट करिब आधा किलो गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । तीन जनालाई लागू औषध सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पछिल्लो समयमा नगरमा लागू औषध प्रयोग, ओसारपसार र कारोबारी बढेको प्रहरीले जनाउदै आएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…