• लमजुङ २७ साउन 
    पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । 

    दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् ।

    दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।

    हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो ।  देवादि देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।

    लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौँ देखिएका तीर्थालु भक्तजनहरू यस पोखरीमा नुहाउन पुग्ने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने जनविश्वास रहेको सर्वोदय ज्येष्ठ नागरिक सेवा आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलिया बताउँछन् ।

    लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान दुधपोखरीले ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ । तर यसको संरक्षणमा भने कुनै पनि निकायले चासो नदिएको  दुधपोखरीका स्थानीय गोविन्द दवाडी बताउछन् । 

    पर्यटकीय महत्त्व बोकेको दुधपोखरीका संरक्षणसँगै प्रचारप्रसार गर्न सकेमा लमजुङ जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन ब्यवसायी रामकुमार श्रेष्ठ बताउछन्  ।

    उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै नहुने दुधपोखरीको यात्रा गर्नेहरूको भनाई छ । धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या हुन्छ भने मोटोपन, स्वास्थ्य समस्या भएका व्यक्ति, वृद्ध र बालकहरूका लागि दुधपोखरी यात्रा कठिन हुने स्थानीयहरू वताउछन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…