• मोरङ । सरकारले जारी गरेको सामुदायिक वन नियमावली २०७९ उपभोक्ताहरुको हित विपरित भएको भन्दै सव डिभिजन वन कार्यालय कानेपोखरी मोरङको गेटमा जलाएको छ । 
    सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरीको आयोजनामा सुक्रबार नारा जुलुस गर्दै नियमावली जलाएका हुन । 
    सरकारले भर्खरै जारी गरेको नयाँ नियमावलीले उपभोक्ता बाहिर काठ बिक्री गर्दा बिक्री गर्न तयार पारिएको मध्ये ५० प्रतिशत जिल्लाको आपुर्ति समितिलाई दिनुपर्ने, बाहिर बिक्री पनि नेपाल वन निगमलाई नै बिक्री गर्नुपर्ने, पहिला प्रतिबन्ध रहेको वन क्षेत्र भित्र रहेको खोलाबाट ढुङ्गा, गिटी र वालुवा बिक्री खुलाइएको, जडिबुटीको छुट्टै समिति निर्माण गर्नुपर्ने, संघीयताको मर्म बिपरित अघिकार संघमा केन्द्रिकृत गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले सो बुँदाहरु खारेजीको माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ । 
    सोही कार्यक्रम अनुसार सुक्रबार सामुदायि वन उपभोक्ता महासंघ कानेपोखरीको आयोजनामा विरोध कार्यक्रमसहित नियमावलीको बुँदाहरु जलाएका हुन् । विरोध सभामा सामुदायिक वन उपभोक्ता महासंघको १ नं. प्रदेश समिति सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतले बोलेका थिए । 
    कानेपोखरीको ग्रामिन सुधार, जनजागृति सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरीको अध्यक्ष कृष्ण थामि लगायतको नेतृत्वमाभएको कार्यक्रममा जन विरोधी बुँदाहरु खारेजी नगरे कडा आन्दोलन ल्याइने बक्ताहरुले बताएका थिए । 
    सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामकृष्ण राईले जिल्ला आपुर्ति समिति भ्रष्टहरुको संगठन भएको आरोप लगाए । राईले हालसम्म आपुर्ति समितिले वितरण गरेको काठको विवरण कोहीसँग नभएको दावि गर्दै आपुर्तिको नाममा छुट्टिने काठको पहुँचवालाहरुकोमा पुग्ने गरेको बताए । 
    राईले प्रदेशभर मोरङमा रहेका चार वटा साझेदारी वनले समेत पारदर्शी रुपमा काठ वितरण नगरेको भन्दै सामुदायिक वन उपभोक्ता विरुद्धको बुँदा खारेजी हुनुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेर सामुदायिक वनलाई दुःख दिने गरेको अध्यक्ष राईले बताए । 
    समुदायिक वन उपभोक्ता महासंघले साउन २० गते मोरङको सुन्दर हरैचाको बिराटचोकमा सभा, २५ गते केराबारीमा सामुदायिक वन उपभोक्ता महासंघ दिवसपछि बिभिन्न पालिकाहरुको विरोध कार्यक्रम जारी राख्ने निर्णय भएको जिल्ला अध्यक्ष रामकृष्ण राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…