• भक्तपुर,  २७  साउन

    भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । 

    यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्ताे परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ-आफ्नो खेतमा भोज लिएर पुग्छन् । 

    भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताकाे भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो ।

    भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँं व्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हाे । 

    भोज लिएर खेत जानको लस्कर 
    बिहीबार बिहानैदेखि आआफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरु जताततै भेटिएका थिए । एकाबिहानै खेतखेतमा पुगेर किसानहरू आफ्ना खेतका भ्यागुतालाई भोज खुवाउन हिँडेका थिए । कोही हिँडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन भने जाने गएको देखेको थियो ।

    बिहानै सूर्यविनायकस्थित नौतेस्थित आफ्नो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी महर्जनले परम्पराअनुसार प्रत्येक वर्ष जस्तै आफ्नो खेतका भ्यागुतालाई भोज खुवाउने हिडेको बताइन् । परम्पराअनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आ-आफ्नो खेतमा छोड्ने परम्परा छ । 

    भोजको परिकारमा के के हुन्छ?
    भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामाग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ.आएको छ । 

    भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ । 

    संस्कृतिविद् डा. वीरेन्द्र कायष्ठले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायष्ठ बताउँंछन् । 

सम्वन्धित समाचार

आजको पात्रो:  १६ असोज २०७९, आइतबार । तद्नुसार अक्टोबर महिनाको २ तारिक २०२२ । आश्विन शुक्लपक्ष सप्तमी…

अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ । दहमा डुव…

लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ म…

महोत्तरी, २० असोज । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा …