• सुन्दा अनौठो लाग्न सक्छ । आफ्नै बाबुको यौन धक्काले छोरी बेहोस भएको खबर सुन्दा । समाजमा कहिले काँही यस्तै अनौठो तर सत्य घट्ना भइदिने गर्दछ । 
    समाजमा बिरलै हुने यस्तै अपराध घट्नाको अनुसन्धान गरिरहेका छन् मोरङ पथरीशनिश्चरे स्थित इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम । 
    घट्नाको बिबरण सुनाउदै डीएसपी गौतमले भने ‘म हतपत नरुने मान्छे, आफ्नै बाबुबाट बलत्कृत छोरीको बयान सुनेर रुन बाध्य भएँ ।’
    नौ बर्षको हुँदादेखि आफ्नै छोरीसँग यौन कार्य गर्दै आएका दुई पत्निकी पति ४० बर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय पथरीले केही दिन अघि पक्रेर अनुसन्धान गरिरहेको छ । छोरी अहिले ११ बर्षकी भइन । उनले तीन बर्ष अघिदेखि छोरीसँग जबरजस्ति यौन कार्य गर्दै आएको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी बेदप्रसाद गौतमको भनाइ छ । 
    घट्ना विवरण अनुसार छोरी जन्मेको दुई बर्षपछि छोरीलाई हजुर आमाको साथमा छाडेर श्रीमान, श्रीमति बिदेश गएका थिए । बिदेशबाट आएपछि छोरीकी आमाले दोस्रो बिबाह गरिन । 
    बिदेशबाट आएपछि बाबुले ९ बर्षको छोरीलाई फकाई फुलाई लिङ्ग घुसाइ दिए । आमाले दोस्रो बिबाह गरेपछि घरमा नातिनी हजुरआमा सँग बस्दै आएकी थिइन । बाबु बिदेशबाट आएपछि पहिलो यौन कार्य गरेपछि कसैलाई नभन्नु भनेमा आफूलाई प्रहरीले जेल लाने र हजुरआमाले आत्महत्या गरेपछि एक्लै हुने डर देखाएको बालिकाले प्रहरीलाई बयान दिएकी छन् । 
    बाबुको यौन कार्य सहन नसकी बेलाबेला निद्रामा झस्किन्थिन बालिका । कहिले काही विद्यालयमा मुर्छा परेर ढल्थिन र बेहोसमा बाबुले, बाबुले भन्थिन । अनुसन्धानमा प्राप्त जानकारी दिदै डीएसपी बेदप्रसाद गौतमले भने बाबुले कान्छि श्रीमति ल्याएपछि पनि छोरीलाई बलत्कार गर्न छाडेनन् । ती पुरुषको कान्छि श्रीमती पनि दुई जीउकी छिन् ।
    छोरी बाबुको यौन पीडा सहन नसकेर भागेर दोस्रो बिबाह गरेकी आमाको घरमा गइन । आमाको घरमा पनि राति निद्रा अनि दिउसै झस्किने गर्थिन । दोस्रो बिबाह गरेकी आमाले विद्यालय छुट्छ घर जाउँ भन्दा मानिनन् । पटक पटक भन्दा पनि नमानेपछि आमाले फकाएर सोधिन किन घर जाँदैनौ ? त्यसपछि छोरीले सबै कुरा खुलाइन । घर गएमा बाबुले आफूमाथि हुने यौन कार्य सहन नसक्ने बताएपछि घट्ना प्रहरी कार्यालय पुगेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम भन्छन ‘बालिका त्यो पनि हाडनाता करणी गर्नेलाई २५ बर्षसम्म जेल जानसक्छ ।’


     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…