• २०७४ फागुन २० आइतवार

    पथरी । किरात याक्थुङ चुम्लुङको मोरङ पथरीशनिश्चरे नगर समितिको शनिबार भएको दोस्रो अधिवेसनले पर्शुराम लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
    उपाध्यक्षमा सुमन वनेम लिम्बू, सचिवमा प्रेमबहादुर पयाङ्गो, सहसचिवमा किसानसिंह लिम्बू र कोषाध्यक्षमा दुर्गा लिम्बू चयन भएका छन् । सदस्यहरूमा दलबहादुर थाम्देन, सुमित्रा थाम्देन, मनप्रसाद चेम्जोङ, सुरन्ता कन्दङ्वा, गंगामाया मादेन, लोकबहादुर साउदेन चयन भएका छन् ।

    कार्यक्रममा चुम्लुङको केन्द्रीय सदस्य खिनमाया लिम्बू, जिल्ला अध्यक्ष विवेक लिम्बू, नगर प्रमुख किशोर राई, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज लिम्बू लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…