• काठमाडौं,  ३१  साउन

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिएका हुन् ।

    'मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिँदैन। यस नागरिकता विधेयकलाई अविलम्ब पारित गर्न गराउन लोसपा सरकासँग जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ । 

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित नभई फिर्ता पठाइएकोमा लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…