• मुगु,  ३१  साउन 

    मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने चन्द्र लावडका छोरा वर्ष ३३ का फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो । 

    बहुविवाह गरी फरार रहेका विवाह सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरीकन फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवाष हमालले बताए । 

    यस्तै ज्यान सम्बन्धी कसुर सवारी ज्यान मुद्दामा फरार रहेका छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैका पूर्णबहादुर भामका छोरा वर्ष ३१ का गणेश भामलाई पनि पक्राउ गरिएको बताइएको छ । 

    उनलाई २०७७ फागुन १८ गते फरार भई करिब २ वर्षपछि प्रतिवादी पक्राउ गरिएको डीएसपी हमालले बताए । भामलाई २ महिना ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । यी दुवै फरार अभियुक्तलाई रितपूर्वक जिल्ला अदालत मुगुले जुम्ला जिल्ला कारागार चलान गरेको डीएसपी हमालको भनाई छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…