• जुम्ला, १ भदौ 

    जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थािएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गाेलभेडा  उत्पादन हुने गरेको छ। 

    कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बाेहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।

    आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत् आलुबाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, 'पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।'

    पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्पारगत प्रविधिमार्फत ४ क्विन्टलआलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित  छ । किसानले पाठशालामा रोगकिराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागीता छ । 

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …