• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भनव निर्माणको लागि स्थान र जग्गा सम्बन्धनमा छलफल गर्न नगर प्रमुख मोहन तुम्बापोले सर्बदलीय बैठक बोलाएका  छन । 
    गाबिसबाट सँगै नगरपालिका भएको छिमेकी पालिकाहरुले पहिलो कार्यकालमै भवन निर्माण गरेपनि पथरीशनिश्चरेमा जग्गा र स्थानबारे टुंगा नहुदा नगरपालिका साबिक पथरी गाबिस भवनबाट चल्दै आएको छ । 
    नगरमा नयाँ कार्यपालिका निर्वाचित भएर आएपछि पहिलो पटक भदौं ५ गते (आइतबार) सर्बदलीय बैठक बोलाएका हुन् । 
    नगरको नयाँ प्रशासनिक भवनबारे छलफल गर्न एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस), राप्रपा, संघी लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान), मंगोल नेशनल अर्गनाइजेसन लगायत निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीकाट दुई जनाको दरले बैठकमा बोलाइएको नगर प्रमुख मोहन तुम्बपोले बताए । 
    पथरी शनिश्चरे गाबिस मिलाएर नगरपालिका प्रस्ताव गर्दा पालिकाको भवन भुटानी शरणार्थी भएको १० नं. वडामा राख्ने सर्बदलीय सहमति भएको थियो । सो सहमति अनुसारको स्थानमा भवन नबनाएको भन्दै अदालतमा मुद्धा परेपछि अदालतले १० नं. वडामा भवन निर्माण गर्न आदेश दिएको थियो । आदेश दिएपछि पनि भवन निर्माण प्रकृया नथालेपछि नगरलाई आदेश अपहेलनाको मुद्धा समेत लागेको थियो । 
    भवन निर्माण गर्ने भनिएको शिविर वनको जग्गामा पर्दछ । नगरले नम्बरी जग्गा खरिद गरेर बनलाई पास गरिदिने र सो जग्गा नगरले लिन सट्टा भर्नाको लागि जग्गा खोज समिति पनि गठन भएको थियो । यद्यपि पहिलो कार्यकालमा भनव बन्न नसकेपछि हाल पुन छलफल सुरु भएको हो । 
    हाल पूर्वपश्चिम मुख्य सडकदेखि करिव ७ किलो मिटर दक्षिण कीर्तिपुर, शनिश्चरे बजार, मुख्य सडकसँग जोडिएको १० नं. वडा, हाल भएको १ नं. वडा र लामाटोली गरी पाँच स्थानमा प्रस्ताव आएको प्रमुख तुम्बापोले बताए । कीर्तिपुर र लामोटोलीमा जग्गा दाताले अनुदान दिने, १० मा शिविरकै जग्गा, शनिश्चरेमा ४ नं. वडाले प्रयोग गर्दै आएको जग्गा, १ को नगरकै जग्गा रहेको छ । राजनीतिक दलले नगरबासीको हितमा भवन बनाउन सुझाव दिनेमा आफू बिस्वास्थ्य रहेको तुम्बापोले बताए । 
    नगर भवन निर्माणको लागि कतै संघर्ष समिति र कतै पहल समिति गठन गरेर आ–आफ्नो दाबी पेस गर्दै आएका छन् । भवन निर्माणको सवालमा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेत बिभाजित छन् । 

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…