• सिराहा,  ३ भदौ 

     सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको हो ।

     ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:खदिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए । उनले भने, ' महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु;खदिने मनसायले गाडीलाइ घण्टौ सडकमा रोकिदिन्छन् ।' 

    नयाँ चौक चोहर्वामा तीनपाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यावसायिसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजार सम्म महिनावारीकै रुपमा अबैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए । 

    यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख इन्सपेकटर टुपेन्द्र कुमार श्रेष्ठले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानोदेखि ठूलो गाडीहरु क्षमता भन्दा बढी लोड गरि हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरुको आरोप छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…