• लमजुङ ११ भदौ
     जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएकोे जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनले भने डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरीएपनी आगमी केही साताभित्र  दैनिक ८ देखि १० जनासम्मलाई सेवा दिइनेछ । अस्पतालमा जिल्ला अस्पताल लमजुङमा अहिले ६० बेड क्षमता छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन् । 

    जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने मन्त्री अधिकारीले बताइन् ।

    हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृगोला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर प¥यो भने जिल्ला अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ ।


    मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाई छ । अब लमजुङ र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागी बाहीर जिल्ला जानुपर्ने बाध्यता हटेको छ ।अब डायलाइसिस गराउनकै लागि काठमाडांैलगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले मुक्ति पाउने भएका छन् ।  लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …