• मोरङ । किरात राई पत्रकार संघ मोरङको तेर्स्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बू राई लगायतको समिति सर्बसहमत चयन भएका छन् । 
    आज पथरीशनिश्चरे १ स्थित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिबमा संगीता राई, सहसचिवमा कबिता राई र सहकोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन । 
    सदस्यहरुमा शुसिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई सर्बसहमत निर्वाचित भएका हुन् । 
    सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव शन्तोष राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए । किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौमा हुँदैछ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…