• मोरङ । किरात राई पत्रकार संघ मोरङको तेर्स्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बू राई लगायतको समिति सर्बसहमत चयन भएका छन् । 
    आज पथरीशनिश्चरे १ स्थित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिबमा संगीता राई, सहसचिवमा कबिता राई र सहकोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन । 
    सदस्यहरुमा शुसिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई सर्बसहमत निर्वाचित भएका हुन् । 
    सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव शन्तोष राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए । किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौमा हुँदैछ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…