• लमजुङ १३ भदौ

    सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहिन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो ।

    हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै गएको छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालय लमजुङका प्रमुख गंगा घलेले बताए । 

    एकदशक अगाडिसम्मपनि कतिपयले हुलाकमार्फत चिठी पठाउँदै आए पनि हिजोआज सञ्चारको विकाससँगै हुलाकमार्फत पत्राचार कम भएको घलेले बताए । 

    सरकारी कार्यालय, संघसंस्था तथा विद्यालय र एफएम रेडियोका चिठी अहिले पनि हुलाकमार्फत आउने गरेको तर व्यक्तिगत चिठी भने हुलाकमार्फत आदानप्रदान गर्ने चलन हराउँदै गएको उनले जानकारी दिए । सर्वसाधारणले आधुनिक प्रविधिको प्रयोगमा छिनमै देशविदेशमा खबर आदानप्रदान गर्न सक्छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…