• बारा  १३ भदौ

    मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय बाराले सूचना जारी गरेको छ ।

    उक्त निर्वाचनमा सहभागी हुने मतदाताको नामावलीमा दावी विरोध गर्न र त्रुटी सच्याउनका लागि निर्वाचन कार्यालयले पाँच दिने कार्यतालिकासहित सूचना जारी गरेको हो ।

    निर्वाचन कार्यालयले भदौ १२ गते जिल्लाको सबै वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ । प्रकाशित नामावलीमा उल्लेख भएको नाममा त्रुटी भए, झुठो विवरण दिएर नाम समावेश गरेको भए, एक भन्दा बढी स्थानमा नाम समावेश भए जिल्ला निर्वाचन कार्यालय पुगेर भदौ १३ गतेदेखी १५ गतेसम्म सच्याउन र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

    यसैगरी कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएको तर मृत्यु भईसकेको, नेपाली नागरिकता त्याग गरेको, बसाइँसराइ र विवाह गरी अन्यत्र गएको भए नाम हटाउनका लागि स्थानीय तहको पञ्जिकरण शाखाको समन्वयमा भदौ १३ गतेदेखी १६ गतेसम्म सूचना दिन सक्ने गरी व्यवस्था मिलाएको छ ।

    त्रुटी सच्याउन, उजुरी दिन, दावी विरोध गर्नका लागि प्रमाण आवश्यक पर्ने बाराको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सम्वन्धित समाचार

 काठमाडौँ, ६ फागुन   कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले तीन तहका सरकाबी…

काठमाडौँ, ६ चैत मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधान…

राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । &…

   यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ ने…