• लमजुङ,१३ भदौ

    लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ । 

    मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले बताए । 

    उनले भने, 'उक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला-१ जलविद्युत आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत आयोजना गरी हाललाई ७२ मेगावाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण ग्रीडमा जोड्ने बाटो खुलेको छ ।  

    राणाका अनुसार राष्ट्रिय प्रशारण ग्रीडको ब्याकफिड पाएपश्चात उल्लेखित जलविद्युत आयोजनाहरु परिक्षण उत्पादन तथा प्रसारण गरी ग्रीडमा जोडिनेछन् । चितवनदेखि तनहुँ, लमजुङहुँदै मनाङसम्म २२० केभी प्रसारणलाइन परियोजना निर्माणको काम पनि धमाधम भइरहेकोे छ । 

सम्वन्धित समाचार

  काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । के…

महोत्तरी, १७ फागुन  मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स&ndash…

सुर्खेत, ३० पुस भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा …

बुटवल,  ३० पुस स्थानीयवासीले नगरपालिकाबाट हुने सेवा प्रवाहमा सुधार ल्याउन बुटवल उपमहानगरल…