• काठमाडौं,  १५ भदौ 

    काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो ।

    ‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    फार्मेसी संचालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    फार्मेसीबाट प्रहरीले ट्रामाडोल क्याप्सुल ८१० थान, डिसाइसिओमिन ट्याब्लेट ९८० थान, डेक्स्ट्रोमेथोराफान २६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५३१ थान र गाबिक्स ट्याब्लेट १४२ थान सहित उल्लेख्य मात्रामा नियन्त्रीत औषधी बरामद गरेको छ ।

    आरोपीलाई औषधी ऐन–२०३५  अनुसारको कसुरमा कारबाहीका लागी औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…