मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित शंकर बचत तथा ऋण सहकारी संस्था लि.को ९ औं बार्षिक साधारण सभा आज (शनिबार) समापन भएको छ ।
संस्थाको अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा सचिव सुर्यमान तामाङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष समिर तिम्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको ३२६ जना शेयर सदस्य रहेका छन । २९ लाख ४६ हजार ५०० शेयर पुँजी रहेको सहकारीले गएको बर्षदिनमा ७ लाख ८८ हजार ६३७ खुद नाफा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।