• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता आगामी असोज तेस्रो सातादेखि हुने भएको छ । 
    पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको आयोजनामा असोज २२ गतेदेखि प्रतियोगिता सुरु हुने आयोजक समितिको अध्यक्ष अरुण राईले बताए । 
    क्रिकेट प्रिमियर लिगमा सात बाघ, ंमंगलबारे लिजेन्ड, हिसाब किताब ट्राईडेन्ट, रोयल किङ्स, बिरेन्द्रनगर स्टील टाइगर्स, बुद्ध युनाइटेड, क्लासिक ११ हसन्दह र आइतबारे अस्त्र गरी ८ वटा टिम सहभागि हुने आयोजक समितिले जनाएको छ । 
    नगरमा क्रिकेट खेलाडी उत्पादन गर्ने मुख्य उदेश्य राखेर आयोजना हुने प्रिमियर लिग क्लवहरुवीच अक्सन मार्फत खेलाडी आबद्ध गरेर प्रतियोगिता गराउदै आएको छ । यस बर्ष २१ गते शनिबार अक्सन हुने बताए । 
    एउटा टिममा १४ देखि १६ जना खेलाडी हुन्छ । खेलाडी किन्न अर्थात अनुबन्ध गर्न क्लबले कम्तिमा ४० हजार खर्च गर्नुपर्ने हुन्छ । खेलाडीको खेल हेरेर क्लबहरुले राम्रा खेलाडीहरु बढाबढमा अनुबन्ध गर्नुपर्ने हुन्छ । लिग बिजेता टिमलाई १ लाख ११ हजार १११, दोस्रो हुने क्लबलाई ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने अयोजक समितिका कोषाध्यक्ष पुकार राईले बताए । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट ब्याटर, बलर, क्षेत्ररक्षक, उदयमान खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजक समितिको सदस्य बिरोज मगरले बताए । प्रतियोगिता असोज २२ देखि सुरु भएर कातिक ६ गते समापनहुने धनबहादुर कार्कीले बताए । 
    पथरीशनिश्चरेमा सनम दुलाल, सागर कटुवाल, पुर्सोतम न्यौपाने, सुमित राई, अनिल लुइटेल लगायतका खेलाडी जिल्ला र प्रदेशसम्म खेल्दै आएको बताइएको छ । 
    पथरीशनिश्चरे नगरमा क्रिकेट खेलाडी उत्पादन र बिकास हुने क्रम रहेपनि खेल मैदानको ब्यबस्था नभएको पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिग आयोजक समितिको गुनासो छ । 
    नगरमा क्रिकेट मैदान नहुदा फुटबल मैदान मै क्रिकेट आयोजना गर्नु परेको र ग्राउण्ड बिग्रिन्छ भनेर गुनासो आउने गरेको आयोजक समितिले जनाएको छ । क्रिकेट खेल्दा फुटबलको मैदानको वीच भागमा भत्किने समस्या हुन्छ । 
    यद्यपि क्रिकेट मैदानको लागि नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुलाई पटक पटक भन्दा पनि वास्ता नभएको आयोजक समितिले गुनासो गरे । क्रिकेट मैदान नभएको कारण पथरीको जाँते मोड स्थित प्रस्तावित पथरी रंगशालामै यो बर्षको क्रिकेट प्रिमियर लिग हुने आयोजकले जनाएको छ । 
     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …