• काठमाडौं, २२ भदौ 

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् ।

    पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिँदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताए । 

    'देशले परिवर्तन खोजिरहेको छ । राप्रपा परिवर्तनको वाहक शक्तिको रूपमा उदाइरहेको छ । तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ । जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ,' अध्यक्ष लिङ्देनले भने । 

    लिङ्देनले योग्यता, क्षमताका आधारमा नेता, कार्यकर्ताको मूल्यांकन हुने बताउँदै महाधिवेशनमा मत दिएको वा नदिएको आधारमा कसैलाई काखा र पाखा नहुने भन्दै आश्वस्त तुल्याएका छन् 

    उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन वैचारिक, सांगठनिक र रणनीतिक हिसाबले तयार हुनुपर्ने भएकाले देशभर आक्रामक ढंगबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

    केन्द्रीय प्रशिक्षण विभागकी सदस्य खुस्बु ओलीले चुनावी रणनीति एवं बुथ व्यवस्थापन विषयमा र प्रशिक्षक रबिन कटुवालले नेतृत्व विकास र उम्मेदवारको प्रचार शैली विषयमा प्रशिक्षण दिएका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…