मोरङ । गस्तीको लागि मोरङको इलाका प्रहरी कार्यालय पथरीलाई पथरीमा शाखा रहेको दुई वटा बैंकले चारवटा साइकल प्रदान गरेको छ ।
पथरी बजारमा शाखा रहेको राष्ट्रिय वानिज्य बैंक र एनआइसी एसिया बैंकले साइकाल प्रदान गरेको हो । साइकल साँगुरो सडकमा गस्ति गर्नको लागि आवश्यक रहेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । प्रतिगोटा १३ हजार पर्ने उक्त साइकाल एक कार्यक्रम वीच प्रहरीले बुझेको हो ।