काठमाडौं, २८ भदौ
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।
नेपाल आएकै दिन सोमबार प्रतिनिधि सभाका सभामुख र लीबीच द्विपक्षीय वार्ता भएको थियो ।