•  

    काठमाडौं,२८ भदौ 

    नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको हो । 

    सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० हराउँदै अन्तिम चारमा यात्रा पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरेका हुन् ।

    खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । ११औं मिनेटमा सरुले, १७ औं मिनेटमा अमृताले र पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

    ७६औं मिनेटमा अमिषाले र दोस्रो हाफको पनि इन्जुरी समयमा अमिषाले नै दोस्रो गोल गरेपछि नेपालको पक्षमा सहज जित निस्किएको हो । जितसँगै समूह 'बी' को नेपालले ६ अंक जोडेको छ । 

     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …