• जुम्ला, २९ भदौ 

    जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव  सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी  महोत्सवको आयोजना गरिएको हो ।

    त्यस्तै  जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्ने बताए ।

    उनले हाम्रा हरेक मेला चाडपर्वको विकास हाम्रो उत्पादन श्रमसँग आवश्यक रहेको बताए । स्याउ महोत्सवमा प्रमुख अतिथिसमेत रहेका थकालीले  हरेक वर्ष महोत्सव गर्दै गए कालान्तरमा यो पर्वका रूपमा विकास हुने बताए ।

    २०६३ सालमा जुम्ला सुर्खेत ट्र्याक रोड खुलेपछि मात्र यहाँका किसानले स्याउ र ओखर लगाउन तीव्रता दिएका थिए । मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन । तर जुम्लामा त्यस्तो कुनै ठाउँ छैन जहाँ स्याउ नफलोस् । त्यसैले स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ । सुरुका दिनमा बजार वरिपरिमा सीमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले स्याउ जुम्लाको पहिचान भएको बताए । यहाँको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्याउमा राज्यले ठूलो लगानी गरेको छ । स्याउ सुपर जोन कार्यक्रम सञ्चालन पनि गरेको छ ।

    'अहिले स्याउ उत्पादनमा अनुदानका कार्यक्रम सञ्चालन त गरेको छ । ढुवानीमा पनि अनुदान दिनु पर्ने आवश्यकता छ,' केसीले भने ।

    काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा सञ्चालन गरिएको स्याउ महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि कला र सङ्गीत प्रस्तुत गरिएको थियो । जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न गरिएको कान्जिरोवा टाइम्सका निर्देशक महेन्द्र कार्कीले बताए । 

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …