•  डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।

    डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ ।

    डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन् । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण डेंगीबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।         

    डेंगीसम्बन्धी अनौठा तथ्यहरू
    –डेंगी भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।
    –एउटा व्यक्ति आफ्नो जीवनकालमा चार पटकसम्म मात्रै डेंगीबाट संक्रमित हुन्छ । 
    –डेंगी संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि डेंगी नै हो ।
    – हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै डेंगी संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिका भित्रैका छन् । यो भ्याक्निस अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।  
    – हरेक वर्ष विश्वका ४० करोड मानिस डेंगी संक्रमणबाट प्रभावित हुने गरेका छन् । डेंगी जोखिमयुक्त ठाउँ भ्रमण गरेर फर्किने र बस्ने हरेक जसोलाई यो संक्रमण हुने गरेको तथ्यांक छ । 

    बच्ने उपाए
    –लामखुट्टेको टोकाइबाट जोखिनु नै डेंगीबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलम समेत उपलब्ध छन् । 
    –शरीर ढाक्नेगरी कपडा लगाउने ।
    – घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।
    –हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खल्डोमा जमेको पानी हटाउने, टायर, भाडावर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने । 
    –यदि तपाई वा तपाइँको परिवारमा कसैलाई डेंगी भएको छ भने सकेसम्म पहिलो एक साता लामखुट्टेको टोकाइबाट बच्नुहोस् । किनकी तपाइँलाई टोकेको लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।  

सम्वन्धित समाचार

क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका 'क्यान्सर विजेताहरु' सँंग सोमबार रमाएका छन्…

नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ ।…

चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुरु…

खोटाङ,८ आश्विन खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उ…