• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिले आफ्नौ १७ औं बार्षिक साधारण सभाको अवसरमा ९० बर्ष पुगेको आठ जनालाई नगदसहित सम्मान गरेको छ । 
    बुधबार आफ्नै सभा हलमा आयोजित उद्घाटन कार्यक्रममा १ नं. प्रदेश वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाले हरियाली सामुदायिक वन व्यवस्थापनमा नेपालकै उत्कृष्ट भएको प्रसंग उल्लेख गर्दै अव अन्तराष्ट्रिय पुरस्कार जित्न शुभकामना दिएका हुन । आफू पथरीशनिश्चरे नगरको बासिन्दा भएको र हरियाली वनले वन व्यवस्थापनमा नेपालकै प्रथम पुरस्कार जितेकोमा गौरव लागेको बताए । हरियाली वनले केही बर्ष अघि वन व्यवस्थापनमा नेपालको पहिलो पुरस्कार जितेको थियो । 
    मन्त्री थापाले नगरक्षेत्रको वनलाई पर्यटनको हब बनाउन पहल गर्ने वताएका थिए । वन क्षेत्रलाई एग्रो टुरिजमको रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्दै उत्पादनसँग जोड्नुपर्ने बताए । 
    कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष दिलराम राईले भर्खरै सरकारले ल्याएको वन नियमावली वैज्ञानिक वन व्यवस्थापनसँग सम्बन्धित भएकोले कार्यान्वयमा लाग्नुपर्ने बताए । नियमालीमा रहेको केही बुँदामा आफूहरुको पनि असहमति रहेकाले संस्थागत हिसावले लेखेर दिएको उल्लेख गर्दै समग्रमा वैज्ञानिक वन व्यवस्थापन आएको राईको तर्क थियो । नियमावलीको सामुदायिक वन उपभोक्ता महासंघले भने विरोध गर्दै आएको छ । 
    हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहाले भूमि आयोगले जग्गाको नाप गरिरहेको बारे आफूहरुलाई जानकारी आउने गरेपनि प्रदेश सरकारले खास निर्देशन केही नदिएकोले सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारी सहभागि नहुनसम्म निर्देशन दिइएको बताए । 
    सुन्दर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष मानबहादुर पाठकले नक्सामा आफ्नो वन क्षेत्र रहेको भूभाग भूमि आयोगले नापिरहेको बताउदै सो बारे वन कार्यालयहरुबाट स्पष्ट निर्देशन नआएको बताए । 

    कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, नगरपालिका ७ नं. वडा अध्यक्ष उद्धपराज बस्नेत, हरियाली सामुदायिक वन उपभोक्ता समितिको पूर्ब अध्यक्ष देबिप्रसाद भेटवाल लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    उद्घाटन कार्यक्रम समापन मन्तब्यमा अध्यक्ष काबुलबहादुर मगरले आफूहरु वन क्षेत्रलाई रोजगार र उत्पादनसँग जोड्न लागि पर्दै आएको बताए । डिभिजन वन कार्यालय मोरङले आफूहरुलाई पर्यटन क्षेत्र विकासको लागि साढे ४ हेक्टर वन थपि दिएको उल्लेख गर्दै जग्गा विक्री वितरणको लागि नभएको बताए । उनले पथरीमा विभिन्न नाममा थुप्रै जग्गा विक्री भएको प्रमाण आफूहरुसँग भएको दाबी गरे । 
    कार्यक्रममा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष अशोक साम्पाङ राई, सब डिभिजन वन कार्यालय प्रमुख सुरेन्द्र कार्की, पथरीशनिश्चरे नगरपालिका ३ नं. वडा अध्यक्ष बिजय लिम्बु, पशुपति, शान्ति, मनकामना सामुदायिक वन उपभोक्ता समितिको प्रतिनिधि सहभागि रहेको कार्यक्रममा सचिव निर्मला चौहानले संचालन गरेका थिए । 
    उद्घाटन कार्यक्रममा ९० बर्ष नाघेका जेष्ठ नागरिकलाई नगद पाँच हजार र सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा टेकबहादुर कटुवाल, फत्तेबहादुर लिम्बू, वीरबहादुर गुरुङ, कर्णलक्ष्मी राई, सुकरानी तामाङ, भागिरथा अधिकारी, मनमायाँ कार्की, मोहनकुमारी सार्कीलाई सम्मान गरेको छ । 
    समितिको सचिव निर्मला चौहानले संस्थाको भावि कार्ययोजना, कोषाध्यक्ष दिलबहादुर तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन वन्दसत्रले पारित गरेको अध्यक्ष काबुलबहादुर मगरले बताए । 

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…