• सुर्खेत ३० भदौ

    दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाको ३० हजार र सामाजिक सेवा केन्द्र सोसेकको १६ हजार गरी ४६ हजार बराबरको कार्यक्रम गरिएको सहकार्य परियोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताए ।

    उनका अनुसार ५८औँ बालदिवसको अवसर पारे बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ श्री कृष्ण मावि लकान्द्रमा सम्पन्न भएको थियो । र्‍यालीसहित नारा लगाउँदै श्री कृष्ण माद्यामिक विद्यालयदेखि ठाटीकाँध बजार, गाउँपालिका परिक्रमा सहित पुन श्री कृष्ण माद्यामिक विद्यालयमा फर्किएको थियो । हाजिरी जवाफमा ५० वटा प्रश्न रहेका थिए  ।

    कृष्ण मावि लकान्द्रले १३ अंक ल्याएर प्रथम, मालिका मावि ठिमुरेले १२ अंक ल्याएर दोस्रो भएको सामाजिक परिचालक मनसरा विष्टले बताइन् । त्यस्तै देउती मावि गैरागाउँले ८ अंक ल्याएर तेस्रो, मालिका मावि पाँचलाले ७ अंक ल्याएर चौथो र दशरथ मावि प्याडुल्ली ३ अंक ल्याएर पाँचौँ भएको विष्टले बताइन् ।

    हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको श्री कृष्ण मावि लकान्द्रले ३५ सय रुपैयाँ पुरस्कार, दोस्रो हुने मालिका मावि ठिमूरेले तीन हजार पुरस्कार, तेस्रो हुने देउती मावि गैरागाउँले २५ सय पुरस्कार र चौथो हुने मालिका मावि पाँचलालाई दुई हजार पुरस्कार वितरण गरिएको थियो । साथै सामाजिक सेवा केन्द्र (सोसेक)ले सहभागी विद्यालयका सबै विद्यार्थीलाई ३/३ वटा सामान्य ज्ञान र अंग्रेजी व्याकरणका किताब हस्तान्तरण गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…