• भाद्र  ३० भदौ

    सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि  निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाउँमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने,  'कांग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन  मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचन पछि थप दल पनि एकतामा आउनेछन् ।'

    किसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोड्नु पर्ने नभए पनि रामचन्द्र पौडेलका लागि बारा-४ बाट उम्मेदवार बन्ने स्थिति हुनसक्ने उनको भनाइ छ । 'जसले  निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ,  त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन्,'  मन्त्री चौधरीले भने ।

    राम्रो मान्छे, दृष्टिकोण भएको मान्छे, पैसा देख्दा र्‍याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरी प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए । 
    एमालेले जिते यो प्रणाली नै  समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओली घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…