• काठमाडौं,   ३१ भदौ 

    नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफैँ स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड ग्रुप ज्वाइन्टमा प्रयोग हुने विशेष प्रकारको सिमेन्ट आफैँ बनाउन थालेको हो । यसभन्दा अगाडि कम्पनीले यो सिमेन्ट भारत र चीनबाट आयात गर्थ्यो । 

    नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले एकपछि अर्को प्रगति गर्दै जाने क्रममा नेपाल इको प्यानल जडानका लागि आवश्यक सिमेन्ट आफैँ बनाउन सुरु गरेको जानकारी गराए । 

    कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा नेपाल इको प्यानल जडान मात्रै गरे पुग्छ । यही नेपाल इको प्यानल जडानका लागि यस्तो विशेष प्रकारको सिमेन्टको आवश्यकता पर्छ । 

    नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग उच्च रहेको कम्पनीको दाबी छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …