भूमिप्रसाद पाठक
मोरङ । मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी कृषि सहकारी संस्था लिमिटेडले बिहिबार सार्वजनिक सुनुवाइ गरेको छ ।
पथरीशनिश्चरे वडा नं १ स्थित शान्ति किर्तन मण्डलीको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
बाख्रा पालनका लागि विश्व बैंकले नेपाल सरकारको कृषि तथा पशु पंक्षी विकास मन्त्रालय अन्तर्गत विकेन्द्रिकृत आयोजना ईकाइ विराटनगरबाट ९४ लाख ९७ हजार ३ सय ५० रूपैयाँ अनुदान आएको । पथरी कृषि सहकारी संस्था लिमिटेडको आफ्नो तर्फवाट ९४ लाख ९७ हजार ३ सय ९७ रूपैयाँ थपेर १ करोड ८९ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको बजेट लगानी गरिएको बताइएको छ । सो रकम बाट पथरीशनिश्चरे नगर क्षेत्रमा ४० घरपरिवार छनौट गरेर व्यवसायिक रुपमा बाख्रा पालन हुँदै आएको छ ।
पथरीशनिश्चरे नगरको पशुपन्छी शाखाबाट आयोजनाको सुपरिवेक्षण गरिरहेको संस्थाका सचिव टिकाराम दाहालले बताए ।
पथरी कृषि सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेलको कार्यक्रम संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरकी उपप्रमुख देवीमाया काफ्ले रहेका थिए । वडा नं –२ का वडा अध्यक्ष नैनासिंह राई, वडा नं–३ का अध्यक्ष विजय लिम्बू, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी नगरकी उपमेयर देवीमाया काफ्लेले वडा अध्यक्षहरु विजय लिम्बू, नैनासिंह राई लगातले शुझाव दिएका थिए ।